Nepal Mediciti Hospital Ad

देउवाको एउटा निर्णय ओलीले खारेज गर्न मानेनन्, भने, ‘देशको हीतमा छ’

तपाईको खबर संवाददाता प्रकाशित : फागुन २१, २०७४ मुख्य खबर, समाचार
sher_kp-oli_tapaikokhabar

प्रहरीमा ३० वर्षे सेवा अवधिका आधारमा अवकाश हुने प्रावधान हटाउन प्रहरीको उच्च अधिकारी पुनः सक्रिय भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारको पालामा प्रावधान खारेज गर्न योजनाबद्ध रुपमा लागेर पनि असफल भएका नेपाल प्रहरीका एआइजी र आइजीपीको समूह नयाँ सरकार आएपछि पुनः सक्रिय भएका हुन् ।

आइजीपी प्रकाश अर्यालको सचिवालयका एआइजी विजय भट्टको कार्यकक्षमा आइतबार प्रहरी नियमावली संशोधन गरी ३० बर्षे सेवावधिको प्रावधान हटाउनेबारेमा सरकारसँग लबिङ गर्नका लागि एआइजीहरुले छलफल सुरु गरेका छन् । नेपाल प्रहरीका आइजीपी, १५ एआइजी, २ डीआइजीसमेत २८ जनाको अवकाश हुन सार्वजजिनक बिदासमेत जोड्दा ३७ दिन बाँकी छ । उनीहरुको जागिर अब ३० कार्य्दिनमात्र छ । तर उनीहरु अझै पनि ३० बर्षे सेवावधि खारेज गरी जागिर अवधि लम्ब्याउनका लागि नियमावली संशोधन गर्ने चलखेलमा लागेका छन् । आइजीपीसहित १५ एआइजीहरु आगामी चैत २८ मा अवकाश हुँदैछन् ।

एआइजी बिजय भट्टले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग आफ्नो सम्बन्ध अति राम्रो भएकाले एकपटक ३० बर्षे प्रावधान खारेज गर्न सकिने आशामा एआइजीहरुलाई बोलाएर छलफल गराएका छन् । छलफलमा २ नम्बर प्रदेशका एआइजी विजयलाल कायस्थ, हेमन्त पालहरु थिए । स्रोतका अनुसार एआइजी भट्टको सिधै माओवादी अध्यक्ष प्रचण्डसँग पहुँच रहेको र कायस्थ नेवार समुदायका माओवादी र एमालेका नेताहरुसँग लबिङ गरी ३० बर्षे प्रावधान हटाउनको लागि छलफलमा जुटिरहेका छन् ।

एआइजी भट्टको कार्यकक्षमा एआइजीहरुले गृहमन्त्री माओवादी केन्द्रकै रामबहादुर थापा बादल भएकाले ३० बर्षे प्रावधान हटाउन सकिनेबारेमा छलफल गरेका थिए । तर प्रधानमन्त्री केपी शर्मा ओली ३० बर्षे प्रावधान हटाएर वर्तमान आइजीपी प्रकाश अर्याल र एआइजी जयबहादुर चन्दको जागिर थप्न सकारात्मक नभएको बताइन्छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित