हटकेक नायिका साम्राज्ञी र धिरज मगरको जोडी सुहायो त ?

तपाईको खबर संवाददाता प्रकाशित : फागुन २०, २०७४ फिल्म-संगीत, भिडियो, मनोरञ्जन
intu_mintu_tapaikokhabar

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह अहिलेकी हटकेक नायिकाको रुपमा चिनिन्छिन् । उनलाई लिएपछि चलचित्र चल्छ भन्ने निर्माताको सोच पनि छ । त्यसैले निर्माताहरु उनलाई १० लाखसम्म दिन पनि तयार भएका छन् ।

अहिले उनै, साम्राज्ञीले अभिनय गरेको चलचित्र ‘इन्टु मिन्टु लण्डनमा अहिले चर्चामा छ । छायांकन नसकिएपनि चलचित्रका तस्बिरहरुले चलचित्रप्रतिको उत्सुकता बढाएको छ ।

रेनशा वान्तवा राइले निर्देशन गरिरहेको चलचित्रको एक अडियो गीत पनि अहिले चर्चामा छ । ‘थाहै भएन’ बोलको लिरिकल अडियोमा स्वप्न सुमनको शब्द, संगीत र स्वर छ । स्वप्न सुमन अहिलेका यूवापूस्तामाझ निकै लोकप्रिय छन् ।

चलचित्रको निर्माणपक्षले गीतसँगै यसका रोमान्टिक तस्बिरहरु पनि सार्वजनिक गरेको छ । जसमा चलचित्रका मुख्य कलाकार साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक धिरज मगर रोमान्टिक अवतारमा देखिएका छन् । चलचित्रलाई प्रभु शम्शेर जबरा र प्रज्ज्वल शमशेर जबराले निर्माण गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित