Nepal Mediciti Hospital Ad

बीस बर्समा लोग्ने मर्दा, पोइ टोकि भन्छ समाज (गजल)

कल्पना थापा प्रकाशित : फागुन १९, २०७४ कला खबर, गजल
kalpana_tapaikokhabar

हेर्दा सार्है उराठ लाग्दो , सिउदो उन्को पुछिएको
रातो सारी शिरको सिंदुर , चुरा पोते लुछिएको

बीस बर्समा लोग्ने मर्दा ,पोइ टोकि भन्छ समाज
आज उनी शोकमा डुब्दा, बिधवा नाम मुछिएको

लाउन हुन्न गाजल टीका ,नहेर्नु रे ऐना पनि
सौभाग्यको श्रीङ्गार उन्को, चित्तासङ्गै गुछिएको

सम्हाल्नेको खाचो थियो, आज उनी टुट्दाखेरी
उन्को जिउने मान सम्मान, आफ्नैबाट चुसिएको

छैन हक रमाउन , फेरि घरबार जमाउन
रङ्गिदैन अब कहिल्यै खाली सिउदो पुछिएको।
-कल्पना थापा

प्रतिकृया दिनुहोस्

सम्बन्धित