सप्तरीमा आगलागी हुँदा ६ घर जलेर नष्ट, १० लाख बराबरको क्षति | टुँडिखेल आसपासमा सार्वजनिक सवारी साधन रोकेर राख्न नपाउने, ‘पिक एण्ड ड्रप’ मात्रै गर्नुपर्ने | पुस १ गतेलाई कालो दिवसका रुपमा मनाइँदै | मन्दिरको प्रसाद खाँदा भारतमा ११ को मृत्यु, ९३ जना बिरामी | नेकपा सचिवालय बैठक : स्थायी समितिको कार्यसूची तय | कर्मचारी समायोजन अध्यादेश सच्याउनुपर्ने माग | चितवनमा छुट्टाछुट्टै दुर्घटनामा २ को मृत्यु, एकजना घाइते | नेकपाको स्थायी कमिटी बैठक धुम्बाराहीमा सुरु | एक सातामा ३ सय बढी ट्याक्सी चालक कारवाहीमा | संवैधानिक परिषद्द्वारा प्रधानन्यायाधीशको सुनुवाइका लागि पत्राचार
Nepal Mediciti Hospital Ad

दुर्घटनाको विरोधमा राजमार्ग बन्द, लास समेत सडकमै

तपाईको खबर संवाददाता प्रकाशित : फागुन १८, २०७४ मुख्य खबर, समाचार
kanchanpura_tapaikokhabar

विहिवार राति कञ्चनपुरमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । महेन्द्रराजमार्गको महेन्द्रनगर –गड्डाचौकी सडक खण्डको वनगाउमा राती दुर्घटना भएको थियो ।

भारत वाट गड्डाचौकी नाका हुदै महेन्द्रनगर वजार आउदै गरेको यु.के ०३ ७१०१ भारतिय नम्वर प्लेटको कारले कुल्चिदा भिमदत्त नगरपालिका वार्ड न. ६ का ४५ वर्षिय मोहन चन्दको घटना स्थलमै मृत्यु भएको हो ।

जिप र जिपमा सवार ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको र चालक फरार रहेको छ भने चालकको खोजी गर्न महेन्द्रनगर आसपास क्षेत्र र सिमा क्षेत्रमा चेक जाच कडा गरएिको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक ज्ञान बहादुर सेटिले बताए ।उता मृतकका आफन्तले गड्डाचौकी भन्सार वाट आनावस्यक रुपमा जति वेला पनी भारतिय गाडिहरुलाई सुविधा दिई नेपाल प्रवेश गराउने गरेका कारण रातिको समयमा दुर्घटना भईरहेको भन्दै विरोध गरीरहेका छन ।

साझ ६ बजे पछि भारतिय गाडिहरुलाई नेपाल प्रवेसका लागी सुविधा नदिने कानुनी प्रावधान रहेको छ । मृतकका आफन्तले फरार रहेका चालक लाई पक्राउ गरी क्षतिपुर्तिको माग गर्दै लास लाई समेत नउठाई राजमार्ग अवरुद्ध गरेपछि यातायात प्रभावित भएको छ । काठमाडौं, पोखरा लगायतका ठाउवाट दिल्ली जाने बस र यात्रु समेत राजमार्गमै अलपत्र परेका छन ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुर का प्रहरी नायब उपरिक्षक ज्ञान ब। सेटी ले पिडित परिवारलाई उचित क्षतिपुर्ति दिने र अपराधिलाई छिट्टै पक्राउ गरी कार्वाही थालिने वताउदै छिट्टै अवरुद्ध राजमार्ग खोल्ने बताए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित