Nepal Mediciti Hospital Ad

गगन थापा अब रामचन्द्र प्यानलमा !

तपाईको खबर संवाददाता प्रकाशित : फागुन १८, २०७४ Big News, मुख्य खबर, समाचार
gagan_ramchandra_tapaikokhabar

नेपाली कांग्रेसभित्र संसदीय दलको नेताबारे ठूलै बहस चलिरहेको छ । नेताहरु एक अर्काको घरमा लन्च र डिनर मिटिङ राखेर छलफल गरिरहेका छन् । सभापति शेरबहादुर देउवाले पुनः उम्मेदवारी घोषणा गरेपछि खासगरी नेता रामचन्द्र पौडेल पक्ष आक्रोशित बनेको छ । निर्वाचनमा देउवाको नेतृत्व असफल पुष्टि भइसकेको भन्दै पौडेल पक्षले संसदीय दलको नेतामा दाबी छाड्न आग्रह पनि गरेको छ । योबीचमा महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले संसदीय दलको नेता बन्ने आकांक्षा देखाएका छन् । कोइरालाले भने सर्वसम्मति भएमात्रै आफू संसदीय दलका नेता बन्ने बताएका छन् । तर, प्रकाशमानले भने देउवासँग चुनावै लड्ने तयारी गरिरहेका छन् ।

अहिलेको अवस्थालाई नै मूल्यांकन गर्दा देउवा चुनाव नै लड्दा पनि स्पष्ट बहुमतमा छन् । तर, केही प्रभावशाली युवा नेताले देउवाविरुद्ध लागेको अवस्थामा उनलाई दलको नेता बन्न निकै मुस्किल पर्नेछ । स्रोतका अनुसार प्रभावशाली युवा नेता गगन थापाले रामचन्द्र पौडेल समूहलाई सघाउने भएका छन् । देउवाभन्दा पौडेल पक्षले लिएका एजेण्डा ठीक भन्दै थापाले पौडेल समूहलाई साथ दिने तयारी गरेका हुन् । थापासहितका युवा नेताले हालै कांग्रेसमा शुद्धिकरण भन्ने अभियान सुरु पनि गरेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित