तरकारीवालीद्वारा अभिनित चलचित्र ‘लम्फु’को भिडियो सार्वजनिक

तपाईको खबर संवाददाता प्रकाशित : फागुन १५, २०७४ फिल्म-संगीत, भिडियो, मनोरञ्जन
lamfu_tapaikokhabar

फिल्म ‘लम्फु’को पहिलो गीतको भिडियो रिलिज भएको छ । सोमबार सार्वजनिक गरिएको गीतको भिडियोमा तरकारीवालीको अभिनय रहेका छन् ।

सुरेश लामा र अप्सरा घिमिरेको स्वर रहेको गीतलाई दिग्गज धौरालीले लेखेका हुन् भने गीतमा अर्जुन पोखरेलको संगीत छ । रामजी लामिछानेको कोरियोग्राफीमा बनेको गीतमा कविर खड्का, मरिस्का पोखरेल, कुसुम श्रेष्ठ (तरकारीवाली), चाँदनी शर्मा र संजित भण्डारीको अभिनय छ । गोपाल चन्द लामिछानेको निर्देशनमा बनेको फिल्मलाई शक्ति बल्लभ घोरासैनीले निर्माण गरेका हुन् । भुपतिको कथा, पटकथा र संवाद रहेको चलत्रिचमा रामजी लामिछाने र शिव विकको कोरियोग्राफी छ । अस्ट महर्जनको द्धन्द निर्देशन, अर्जुन पोखरेलको संगीत निर्देशन रहेको चलचित्र पपुलर मल्टिमिडियाको ब्यानरमा बनेको हो ।

फिल्ममा कविर, मरिस्का, कुसुम, चाँदनी र संजितको अलावा अजित लामिछाने, आर्यन खड्का, जानुका पौडेलल लगायतका कलाकारहरुको रहेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित