साझाले ल्यायो नयाँ योजना, विद्युतीय बस संचालन गर्ने

तपाईको खबर संवाददाता प्रकाशित : फागुन १२, २०७४ Flash News, कर्पोरेट, मुख्य खबर, समाचार
chiniya buss-tapaiakokhabar

आधुनिक दुनियाँलाई मध्यनजर गरि साझा यातयातले विद्युतीय सार्वजनिक बस आयातको गृहकार्य थालेको छ ।

साझा यातायात ठूला विद्युतीय बस सञ्चालन गर्ने तयारीमा जुटेको छ । शहरी क्षेत्रमा सानाको साटो ठूला बस सञ्चालन गर्दै निजी क्षेत्रलाई प्रोत्साहित गरेको साझाले नै हो ।

त्यसका लागि सरकारी निकाय, विभिन्न गैरसरकारी र व्यावसायिक क्षेत्रसँग छलफल थालिएको साझा यातायात सञ्चालक समिति सदस्य तथा वातावरणविद् भुषण तुलाधर भन्छन् नेपालीहरुले अब केहि समय पछि विद्युतीय सवारी सधान चढ्न पाउने छन् ।

उनका अनुसार अहिले चिनियाँ बस निर्माता कम्पनी बीवाईडीबाट दुई वटा विद्युतीय बस तत्काल ल्याएर सञ्चालन गर्नेबारे छलफल भइरहेको छ । त्यसमा चिनियाँ कम्पनी पनि इच्छुक देखिएको छ । ठोस सहमति जुटेमा साझाले केही महिनाभित्रै विद्युतीय बस भित्र्याउनेछ ।

‘कम्तिमा सन् २०१८भित्र हामी २र४ वटा इलेक्ट्रिक बस ल्याउने योजनामा छौं । तर, लागत महँगो हुने भएकाले लगानी जुटाउन समस्या छ,’ तुलाधर भन्छन्, ‘तर पनि, विभिन्न विकल्पमा छलफल अगाडि बढेको छ । सरकारले तत्परता देखायो भने नेपाल छिट्टै इलेक्ट्रिक बसको युगमा प्रवेश गर्छ ।’

वातावरणीय दृष्टिले इलेक्ट्रिक बस निकै महत्वपूर्ण मानिन्छन् । अहिले काठमाडौंमा गुड्ने अधिकांश सार्वजनिक बसले प्रदुषण मापदण्ड पूरा गरेका छैनन् ।

‘ब्याट्रीमा १२ वर्षसम्मको ग्यारेन्टी पाइन थालेको छ । त्यसैले १०-१२ वर्षसम्म यो बसमा ठूलो खर्च लगाएर मर्मत नै गर्नुपर्दैन,’ तुलाधर भन्छन्, ‘यसले दिने फाइदा र सस्तो सञ्चालन खर्चका कारण यो निकै प्रभावकारी हुन्छ ।’

विस्तारै मुलुकमा विद्युतमा आत्मनिर्भरतातर्फ बढेको छ । र, पेट्रोलियम आयात कम गर्न पनि बिजुलीको खपत बढाउनु जरुरी हुनेछ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित