Nepal Mediciti Hospital Ad

‘मुख छोपी’ को म्युजिक भिडियोमा गायक किरण र जुनाको रोमान्स (भिडियो)

तपाईको खबर संवाददाता प्रकाशित : फागुन १०, २०७४ फिल्म-संगीत, भिडियो, मनोरञ्जन
kiran_tapaikokhabar

फुलु भुजेल- मिठो स्वरका धनी साथै युवापुस्तामाझ बिस्तारै लोकप्रिय हुँदै गईरहेका नेपाली पप गायक किरण भुजेल तथा गायिका जुनु राईको यूगल गीत ‘मुख छोपी‘’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

संगीतकार अनिल शाहीद्वारा संगीतबद्ध उक्त गीतका शब्दहरु सुवोध सुधाकर रिजालले रचना गरेका हुन् । गीतमा अनिल शाहीकै संगीत संयोजन छन् । भिषण मानन्धरले प्रोग्रामिङ गरेको उक्त गीतलाई प्रकाश केसीले मिक्सिङ गरेका छन् ।

यसअघि ‘बरीलै‘’ तथा ‘माया मैसँग लाइ देउन‘’ गीतबाट चर्चामा आएका गायक किरण भुजेल नेपाल आइडलका प्रतिभाशाली प्रतिस्पर्धि समेत हुन् ।

मोहनराज अधिकारीद्वारा निर्देशित उक्त म्युजिक भिडियोलाई नृत्यपरक बनाइएको छ । म्युजिक भिडियोमा गायक किरण भुजेल आफैंले अभिनय गरेका छन् । भिडियोमा उनलाई जुना सुन्दास तथा साथीहरुले साथ दिएका छन् । अमृत सुनुवारद्वारा छायांकन गरिएको उक्त भिडियोलाई माधव बेल्बासेले सम्पादन गरेका हुन् । हाइलाइट्स नेपालको यूट्युब च्यानलबाट उक्त भिडियो सार्वजनिक गरिएको हो ।यस म्युजिक भिडियोलाई तपाईंको खबर डट कमको तर्फबाट सफलताको शुभकामना ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित