Nepal Mediciti Hospital Ad

अन्तत: एमालेकै बाटोमा माओवादी, ‘माओ विचारधारा’को ‘च्याप्टर क्लोज’

तपाईको खबर संवाददाता प्रकाशित : फागुन ८, २०७४ Flash News, मुख्य खबर
kp_prachanda_tapaikokhabar

पार्टी एकताका लागि माओवादी र एमालेवीच हस्ताक्षरित ७ बुँदे सहमतिले ‘माओवाद’ वा ‘माओ विचारधारा’ को ‘च्याप्टर क्लोज’ गरिदिएको छ । सोमबार राति प्रधानमन्त्री निवास बालुवाटारमा दुई दलका नेताहरुले हस्ताक्षर गरेको सातबुँदे सहमतिपत्रको दोस्रो बुँदामा भनिएको छ- ‘पार्टीको निर्देशक सिद्धान्त मार्क्सवाद लेनिनवाद रहने छ ।’

अहिलेसम्म नेकपा एमालेको निर्देशक सिद्धान्त मार्क्सवाद लेनिनवाद थियो भने माओवादी पार्टीको निर्देशक सिद्धान्त ‘मार्क्सवाद लेनिनवाद र माओवाद’ थियो ।

तर, सात बुँदे सहमतिपत्रमा एमालेकै मार्ग निर्देशक सिद्धान्तलाई माओवादी नेताहरुले समर्थन जनाएका छन् । माओवादी नेताहरुले औपचारिक रुपमा ‘मालेमावाद’ को साटो ‘मालेवाद’ लाई मान्ने सहमतिमा हस्ताक्षर गरेका छन् ।

तथापि सहमतिपत्रको अर्को बुँदामा माओवाद र एक्काइशौं शताब्दिको जनवादका विषयमा पनि छलफल चल्ने स्वीकारोक्ति जनाइएको छ । र, बहुदलीय जनवादका विषयमा पनि छलफल चलाइने वाक्यांश सहमतिपत्रमा परेको छ ।

पार्टीको निर्देशक सिद्धान्त मार्क्सवाद लेनिनवाद रहने किटानी गरिसकेपछि अब माओवादबारे छलफल गरिने बताउनु विरोधाभाषपूर्ण देखिएको छ ।

हेर्नुहोस् ७ बुँदे सहमति

प्रतिकृया दिनुहोस्

सम्बन्धित