Nepal Mediciti Hospital Ad

सम्बन्धबिच्छेद पछि चर्चामा आएकी मीनाको गीतमा लाइकभन्दा डिसलाइक धेरै किन ? (भिडियो सहित)

तपाईको खबर संवाददाता प्रकाशित : फागुन ७, २०७४ फिल्म-संगीत, भिडियो, मनोरञ्जन
mina dhakal_tapaikokhabar

हास्य कालाकार मनोज गजुरेलसँग सम्बन्धबिच्छेद गरेको केही महिनामै गायिका र मोडल बनेकी मीना ढकाल ले आफ्नो पहिलो गीत निकालेकी छिन्।

‘आखाँ जुध्यो यो मनले त्यो मनलाई कस्यो, थाहै नपाई खै कसरी मीठो माया बस्यो’ बोलको गीत र सोको म्युजिक भिडियो सार्वनजिक भएको छ। म्युजिक भिडियोको मोडलको रुपमासमेत मीना आफैंले अभिनय गरेकी छिन्।

दिपकराज पाठकले रचना गरेको गीतमा राम कार्कीले संगीत दिएका छन्। उनको गीतलाई भने अधिकांश दर्शकले रुचाएको देखिदैन्। ‘सङ्स नेपाल’ले युटयूबमा राखेको भिडियोमा लाइकभन्दा करीब ३ गुणा बढी डिसलाइक देखिन्छ। सोमबार १२ बजेसम्म १४,२९२ पटक हेरिएको भिडियोमा १२० जनाले लाइक गरेका भने ५१२ जनाले डिसलाइक गरेका छन् । प्रतिक्रिया दिने अधिकांशले उनको गीत राम्रो नरहेको भनेका छन्।

कसैले संगीतको बेइज्ज गरेको भनेका छन् भने कसैले गल ठाउँमा सम्पत्तिको खेर फालेको भनेका छन्। धेरैले उनको स्वर गीत गाउन लायकको नरहेको र आफ्नो क्षमता भएको क्षेत्रमा लाग्नु उपयुक्त हुने सुझाव दिएका छन्।

कतिपय दर्शकहरुले गीत गाउने रहर भए सिकेर यस क्षेत्रमा लाग्न सुझाव दिएका छन्। प्रतिक्रियामा कसैले पहिलो प्रयास हो हौसला दिनुपर्छ भनेका छन् भने कसलैले वाह १ दिदीको स्वरमा जादू रैछ भन्दै व्यंग्यसमेत गरेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित