रसुवागढी–केरुङ रेलमार्ग : डीपीआरका लागि सम्झौता | नेपाल–चीनबीच १० वटा सम्झौता, थप चार विषयमा ‘लेटर अफ एक्सचेन्ज’ | नेपाली कम्युनिष्ट एकतालाई विश्वले साथ दिन्छः प्रधानमन्त्री | घरजग्गाको विवादमा दाजुले गरे भाइको हत्या | प्रधानमन्त्री ओलीले गरे स्कुल विभागको संग्रहालय अवलोकन | राजपाको महाधिवेशन आगामी वैशाखमा हुने | राष्ट्रपति ट्रम्पद्वारा आप्रवासी नागरिकसम्बन्धी नीतिमा परिवर्तन | ओली ज्यू काठमाण्डौं पुग्दा-नपुग्दा रेल पनि सङ्गै पुग्छ : चिनियाँ राष्ट्रपति सी | रेल्वे निर्माणबारे भोलि दुई देशबीच सम्झौता हुँदै | उरुग्वे विश्व कपको नकआउट चरणमा प्रवेश , स्वारेजको गोल

समाउनु रुमाल, थमाउनु आँसु, यी आँखा रो भने….

तपाईको खबर संवाददाता प्रकाशित : फागुन ७, २०७४ कला खबर, गजल, साहित्य
kalpana_tapaikokhabar

   गजल
जगाउनु प्यारा मायाको दियो, उपहार चाहिदैन
मिलेसी मन हेरेर धन, पिरती लाइदैन

खिएर जान्छ सुन र चाँदी , यो माया घटदैन
बनेनी प्यारा हिराकै महल, माया त बढदैन

अन्लाईनमा आउनु ,इमोमा धाउनु, च्याट गर्दै रमाउनु
भिडियो कल गर्दै , मुस्कान भर्दै यो साथ जमाउनु

अमुल्य मलाई हजुरकै साथ, नछुटोस कहिल्येै नि
दुश्मनको छाया ,काच झै माया , नटुटोस कहिल्यै नि

परेमा पिर दुखेमा शिर, ती हात सिरानी
अङ्गाली राख्नु छात्तिमा टास्नु , नहुनु बिरानी

तिमी नै धन,सम्पत्ति तिमी, गहना शिरको
चराउदा घाउ, मलम हौ प्यारा, ओखती पिरको

जानेर पक्कै गरिन्न भुल, अन्जानमा भो भने
समाउनु रुमाल,थमाउनु आँसु, यी आँखा रो भने

तिमी नै प्यारा सुनको हार, हिराको जूहार
नपरोस रुन ,आशुले धुन , चन्द्र झै मुहार ।।
                                                                            -कल्पना थापा

प्रतिकृया दिनुहोस्

सम्बन्धित