नेपाल टेलिकमको फ्रिडम प्याकः २५ रुपैयाँमा एक घण्टा अनलिमिटेड कल

तपाईको खबर संवाददाता प्रकाशित : फागुन ६, २०७४ कर्पोरेट

नेपाल टेलिकमले ग्राहकहरुका लागि फागुन ७ गते मनाइने प्रजातन्त्र दिवसको अवसरमा ‘फ्रिडम प्याक’ उपलब्ध गराएको छ ।

कम्पनीका जीएसएम र सीडीएमए मोबाइलका ग्राहकहरुले सो प्याक लिएको समयबाट एक घण्टासम्म अनलिमिटेड रुपमा उपयोग गर्न सक्ने छन् ।

जीएसएम तथा सीडीएमएका ग्राहकले सो प्याक खरिद गरे पछि ६० मिनेटसम्म कम्पनीको नेटवर्कभित्र अनलिमिटेड कल गर्न, एसएमएस पठाउन र डाटा चलाउन सक्ने छन् । सो प्याक २५ रुपैयाँमा खरिद गर्न सकिने छ ।

सो प्याक आज ९२०७४ फाल्गुण ६० देखि आगामी ८ गतेसम्म खरिद गर्न सकिने छ । एक पटक खरिद गरेको प्याक चलाउने अवधि सकिए पछि अर्को पटक फेरि प्याक खरिद गर्न सकिने छ । तर एक पटकमा एउटा प्याक मात्र खरिद गर्न सकिने छ ।

प्याक खरिद गर्नका लागि जीएसएम मोबाइलबाट  *1415*8# डायल गर्न वा FDPACK लेखेर १४१५ मा एसएमएस गर्न सकिन्छ । त्यसैगरी सीडीएमए मोबाइलबाट FDPACK लेखेर १४१५ मा एसएमएस गर्न सकिन्छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित