Nepal Mediciti Hospital Ad

‘लिलिबिली’को टाइटल गित सार्वजनिक, फकाउने र रिसाउने काममा जसिता र प्रदीप

तपाईको खबर संवाददाता प्रकाशित : फागुन २, २०७४ फिल्म-संगीत, भिडियो, मनोरञ्जन
lilly-billy-tapaiko khabar

‘लिलिबिली’को दोस्रो गित सार्वजनिक, फकाउने र रिसाउने काममा जसिता र प्रदीप आज ‘भ्यालेन्टाइन डे’ अर्थात्, प्रणय दिवस प्रेम जोडीहरूका लागि अत्यन्तै महत्त्वपूर्ण दिन मानिन्छ । जोडी खोज्दै गरेका तथा प्रेम प्रस्ताव राख्ने मनसाय बनाएकाहरूका लागि पनि प्रणय दिवस उत्तिकै महत्त्वपूर्ण छ ।

यस्तैमा प्रेम गर्नेहरुका लागि लक्षित गर्दै ‘भ्यालेन्टाइन डे’ को अवसर पारेर यस वर्षको बहुप्रतिक्षीत फिल्म ‘लिलिबिली’ को शीर्ष गीत सार्वजनिक भएको छ । ‘लिलिबिली लिलिबिली घुम्न जाउँ इन्जिन गाडीमा’ बोलको गीतमा युवा स्टार प्रदीप खड्का रिसाएकी प्रेमिका तथा नवनायिका जसिता गुरुङलाई फकाइरहेको देख्न सकिन्छ ।प्रेम गर्नेहरुका लागि यो गीत विशेष रहने निर्माण यूनिटको भनाई छ ।

ए.डि योगीको स्वर र संगीत रहेको गीतको शब्द एकतारेले लेखेका हुन् । गीतमा स्कटल्याण्डको सौन्दर्य कैद गरिएको छ । यी दृश्यहरु सुदिप बरालले खिचेका हुन् । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा प्रदीप र जसिताको रोचक केमेष्ट्री देखिएको छ ।

यस्तै, निर्माण टिमले फिल्मको शीर्ष गीतको डान्स कम्पिटिसन पनि घोषणा गरेको छ । जुनसुकै वर्गका व्यक्तिले उक्त गीतमा नृत्य गरेको भिडियो आफ्नै युट्युब च्यानलमार्फत अपलोड गर्न सक्ने निर्माता गोविन्द शाहीले जानकारी दिए । विजेताले १ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित