Nepal Mediciti Hospital Ad

चिसो मौसममबाट कसरी बच्ने ?

तपाईको खबर संवाददाता प्रकाशित : पुस २३, २०७५ शिक्षा-स्वास्थ्य
chisobata bachna-tk
देशैभर चिसो बढेपछि जनजीवन प्रभावीत भएको छ । राजधानीसँगै देशभरको वातावरण चिसो भएपछि जनजीवन प्रभावीत भएको हो । चिसोको कारण अस्पतालमा विरामी समेत बढ्न थालेका छन् । चिसोले छोयो भने विभिन्न समस्या देखा पर्छ । ज्वरो, रुघाखोकी, दम, झाडापखाला, जन्डिस, टाउको दुख्नेजस्ता समस्या देखा पर्छन् । सो कारण चिसो मौसम सुरु भएसँगै आफ्नो सुरक्षामा पनि ख्याल गर्न जरुरी देखिन्छ ।

चिकित्सकहरुको सल्लाहअनुसार चिसोबाट यसरी बच्न सकिन्छ : 

१. बिहान मात्रै होइन, दिनभरि तातो पानी सेवन गर्नुहोस् ।

२. तातो तथा झोलिलो सुप खानुहोस् । बदामले पनि शरीरलाई न्यानो प्रदान गर्दछ । तातो सुपले पानीको आवश्यकता पूरा गर्छ भने ताप र अन्य पौष्टिक तत्व पनि प्रदान गर्छ । तातो पानीमा मह मिसाएर खाने हो भने शरीरमा ताप प्रदान गर्दछ ।

३. स्वस्थकर खानेकुरामा जोड दिनुहोस् ।

४. शरीरमा रोग लाग्न नदिन गहिरो निद्रा आवश्यक पर्छ । प्रशस्त मात्रामा निदाउनुहोस् ।

५. घरबाट निस्किएसँगै मास्कको प्रयोग गर्नुहोस् । यसले भाइरस संक्रमणबाट बचाउन मद्दत गर्दछ ।

६. व्यायाममा जोड दिनुहोस् । निरन्तरको व्यायामले शरीर फुर्तिलो हुन्छ ।

७. शरीरलाई आवश्यक पर्ने भिटामिन डीयुक्त खानेकुरा दूध, हरियो सागसब्जी, अन्डा, माछामासुलगायत खानेकुरा अधिक मात्रामा खाने गर्नुहोस् । याद गर्नुहोस्, भिटामिन डीले शरीरमा रोगसित लड्ने क्षमता बढाउँछ र शरीर स्वस्थ रहन सक्छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित