Nepal Mediciti Hospital Ad

‘कालको न्यायालय’

तपाईको खबर संवाददाता प्रकाशित : मंसिर २०, २०७४ कला खबर, कविता, साहित्य

कालको न्यायालय !
आमा भन्ने गर्थीन् –
फूल चुड्ने हातहरूलाई एकदिन
कालले चुड्छ
आज हाम्रा पौरखी हातमा खुकुरी चलाउनेको
भोलि हात हुँदाहुँदै पनि पौरख सकिन्छ
हाम्रा आँखाबाट आसु बगाउनेको
भोलि उनीहरूको लागि आसु बगाउने कोहि हुदैनन
आज ठ्याक्कै आमाले भनेजस्तै भयो

बालाई बाकै गलबन्दी पासो बनेको बेला
आमाले हिम्मतकासाथ भनेकी थिईन –
नरोउ बाबू !
देउ बाुको मुखमा दागबत्ती
र, भनेकी थिईन
जसले आज हामीलाई टुहुरो बनायो
भोलि उनीहरूलाई
दागबत्ती दिने हात हुनेछैन!
आज ठ्याक्कै आमाले भनेजस्तै भयो !

आमाले सिउदो पखाल्दा बगेको पानीको रँग
र, बाुको छातीबाट बगेको रगत
धर्तीमा पुगेर मिसिएपछि
आमाले भनेकी थिईन् –
नआत्तिनु बाबू !
माटोमा परेपछि कि कुहिनु पर्छ
कि उम्रनु पर्छ
हामीलाई उमार्ने जिम्मा तिम्रो

जन्मजातै –
अगाडि फर्केका गोडाहरू
अगाडि लम्किने हातहरू
अगाडि उच्च स्थानमा रहेका आँखाहरू
अगाडि रहेको मुटु
सबै सबै प्रगतिशील छन्

आमा भन्थिन् –
संसारको प्रगति, हावाको गति, नदीको बेग
सबै प्रगतिशील छन्
आज हामीलाई स्थिर भन्नेहरू
भोलि जिन्दगीको गति बिर्सेर
किच्कन्नेझैँ खुट्टा उल्ट्याउनेछन
ठ्याक्कै आमाले भने जस्तै भयो

आजभोलि आमा भन्छिन् –
मेरो सेतो सारीमा दाग लाग्न नदिनु
रातो रँग त हजारौं नेपालीको
लाखौं लिटर रगतको होलि जस्तो लाग्छ
आमा भन्छिन् –
आजसम्म कालले भेदभाव गरेको थाह छैन
भोलि उनीहरूले क्रान्तिको नाममा
रातै लगाईरहे भने पनि
मेरो जस्तो
उनीहरूको मन रँगिन हुनेछैन !

आमा भन्छिन् –
काल र कानुनको न्यायमा धेरै फरक हुन्छ ।

प्रज्वल अधिकारी

प्रतिकृया दिनुहोस्

सम्बन्धित