Nepal Mediciti Hospital Ad

यसकारण ‘गौतम बुद्ध नेपालमा जन्मिएका’ होइनन्

लक्ष्मी भण्डारी लक्ष्मी भण्डारी प्रकाशित : मंसिर १९, २०७४ विचार

हो, गौतम बुद्ध नेपालमा जन्मिएका होइनन् । तर, गौतम बुद्ध नेपालमा जन्मिएका होइनन् भन्ने दाबी गर्नेले गौतम बुद्ध नेपालमै जन्मिएका हुन् भन्नेको पनि आवाज सुन्ने हो भने म गौतम बुद्ध किन नेपालमा जन्मिएका होइनन् भन्ने कुरा प्रकाश पार्न चाहान्छु ।

खासगरी केही भारतीय र उसका केही ‘भतुवा’ले गौतम बुद्धलाई भारतमा जन्मिएको, सगरमाथा चीनमा पर्छ भने ‘अफवाह’ फैल्याइरहेका छन् । यदि गौतम बुद्ध नेपालमा जन्मिएका होइनन् भन्ने कारण खोज्ने हो भने सत्य केही भेटिदैन । भेटिन्छ त गौतम बुद्ध नेपालमा जन्मिएका होइनन् भन्नेको नियतमा कपट ।

म र मजस्ता नेपाली यो मान्न तयार छौँ यदि गौतम बुद्ध नेपालमा जन्मिएका होइनन् भने माहात्मा गान्धी मनाङमा जन्मिएका हुन् । बाबासाहेब अम्बेडकार भैरहवामा जन्मिएका हुन् । एपीजे अब्दुल कलाम विराट नगरमा जन्मिएका हुन् । बल्लभभाई पटेल बाजुरामा जन्मिएका हुन् । जवाहरलाल नेहरु बाग्लुङमा जन्मिएका हुन् ।

मोदर टेरेसा यही कलंकीमा जन्मिएकी हुन् । जेआडी टाटा पनि जुम्लामा जन्मिएका हुन् ।

कसले भन्छ लता मंगेशकर, सचिन तेन्दुलकर भारतमा जन्मिएका हुन् । उनीहरु पनि नेपालमै जन्मिएका हुन् । यदि यो कुरा भारतीयले स्वीकार गर्दैनन् भने हामी पनि गौतम बुद्ध भारतमा जन्मिएका हुन् भन्ने कुरा स्वीकार गर्न सक्दैनौँ ।

विश्वमा भारतको साम्राज्य स्थापना भयो, उसको अनुमति बिना हामी पानीसमेत पिउन नसक्ने भयौँ भने पनि गौतम बुद्ध भारतमा जन्मिएको भन्ने झुट स्वीकार गर्न सक्दैनौँ । सगरमाथा चीनमा पर्छ भन्ने जिकिर स्वीकारर्न सक्दैनौँ ।

गौतम बुद्ध भारतमा जन्मिएका भन्ने झुटलाई सत्य बनाउन चाहनेले महात्मा गान्धीहरुलाई बेच्न सक्छन् ? दलाई लामा आफैँ भारतमा बेचिएका भारतका ’भुतवा’ हुन् । यसअघि उनलाई म निकै राम्रो र सहिष्णु बुद्धमार्गीका रुपमा चिन्थे । तर उनले आफ्ना शुभचिन्तकको भावनामा गहिरो ठेस पुर्याएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित