Nepal Mediciti Hospital Ad

एकै महिनामा समातिए १७ सय ५४ जना निर्वाचन विरोधी

तपाईको खबर संवाददाता काठमाडौं प्रकाशित : मंसिर १९, २०७४ मुख्य खबर, समाचार
Arrest-Tapaikokhabar

प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको लागि मिति तय भए देखि निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले काठमाडौंबाट ५ सय ५० जनाभन्दा बढीलाई पक्राउ गरी मुद्दा चलाएको छ ।

उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ परेकामध्ये ५ सय ५० जनालाई मुद्दा चलाइएको महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रवक्ता एसएसपी पूर्णचन्द्र जोशीले जानकारी दिएका छन् ।

जोशीका अनुसार मंसिरमा मात्रै निर्वाचन विरोधी गतिविधि गर्ने र शंकास्पद गतिविधि गर्ने १७ सय ५४ जना पक्राउ परेका थिए । पक्राउ परेका मध्ये ५ सय ५० जना बाहेक अन्यलाई सोधपुछ र अनुसन्धान पछि छोडिएको प्रवक्ता जोशीले बताए ।

चुनावी गतिविधि सुरु भएसँगै ठाउँ ठाउँमा बम विस्फोट हुन थालेपछि प्रहरीले विभिन्न शंकास्पद गतिविधि गर्नेलाई निगरानी गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित