Flash News: महिलालाई राजनीतिक कार्यमा सहभागी नगराई कैदी जस्तो जीवन बाँच्न बाध्य पारिएको : नेता यादव | माओवादी केन्द्रभित्र भाडभैलो, समानान्तर कमिटी गठन | जुवाको खालबाट वडा अध्यक्ष पक्राउ | गल्छी–त्रिशूली सडक दैनिक आठ घण्टा बन्द | सार्वजनिक भयो पछिल्लो मत परिणाम, कस्तो छ त नेपाली कांग्रेसको अवस्था ? | देउवाले जथाभावी नियुक्ती दिएको भन्दै ओलीले दिए यस्तो चेतावनी | कांग्रेसले जती हल्ला फैलाए पनि पार्टी एकता रोकिदैन : प्रचण्ड | सरकारको जिम्मेवारी हस्तान्तरण गर्न आतुर छु : देउवा | एमालेले अध्याध्येशको बारेमा अनावश्यक टिकाटिप्पणी गरिरहेको छ : कांग्रेस नेता सिंह | एमालेले गलत काम लगाएर राष्ट्रपतिलाई विवादमा नल्याउँदा राम्रो : देउवा
nirwachan aayog

‘कांग्रेसले बनाएको दक्षिणपन्थी गठबन्धन हो, वास्तविक लोकतान्त्रिक गठबन्धन हाम्रो हो’: ओली

तपाईको खबर संवाददाता प्रकाशित : मंसिर १०, २०७४

एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनावपछि बलियो सरकार बन्ने बताउँदै त्यसले विकासको लहर नै ल्याउने दाबी गरेका छन् ।

काठमाडौंको बौद्धमा आइतबार भएको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले बहुमतमात्रै होइन, भिजन भएको बलियो सरकार बन्ने बताए । ‘ढाल्ने होइन, हल्लाउन नसक्ने सरकार बन्छ,’ उनले भने, ‘मिलिजुली बाँडीचुँडी खान होइन, देश बनाउन एक भएका हौं ।’

ओलीले कांग्रेसले बनाएको चुनावी गठबन्धन लोकतान्त्रिक नभएको आरोप लगाए । ‘त्यो दक्षिणपन्थी गठबन्धन हो,’ उनले भने, ‘वास्तविक लोकतान्त्रिक गठबन्धन हाम्रो हो, प्रगतिशील गठबन्धन हो । लोकतान्त्रिक हुन्थ्यो भने एमाले र माओवादी केन्द्र मिल्दा किन डराउनुपर्थ्यो ।’

ओलीले दलाई लामाले ‘गौतम बुद्ध भारतमा जन्मेको’ भनेर बोल्नै नहुने कुरा बोलेको बताए । ‘नेपालीले लगाएको गुन बिर्सेर, नेपालको राष्ट्रियतामा धक्का दिनुभयो,’ उनले भने, ‘यसमा अन्तर्राष्ट्रिय षड्यन्त्र लुकेको छ, कोचले सिकाएर उनले त्यस्तो बोलेका हुन् ।’ दलाई लामाले यस गल्तीलाई सच्याउने उनको अपेक्षा गरे ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित