मन्दिरको प्रसाद खाँदा भारतमा ११ को मृत्यु, ९३ जना बिरामी | नेकपा सचिवालय बैठक : स्थायी समितिको कार्यसूची तय | कर्मचारी समायोजन अध्यादेश सच्याउनुपर्ने माग | चितवनमा छुट्टाछुट्टै दुर्घटनामा २ को मृत्यु, एकजना घाइते | नेकपाको स्थायी कमिटी बैठक धुम्बाराहीमा सुरु | एक सातामा ३ सय बढी ट्याक्सी चालक कारवाहीमा | संवैधानिक परिषद्द्वारा प्रधानन्यायाधीशको सुनुवाइका लागि पत्राचार | ‘गोरे’को समूहबाट हराएको ३३ किलो सुन भारतमा फेला परेको दाबी, समितिले थाल्यो अनुसन्धान | दोलखामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्युु | १ लाख ३३ हजार नगदसहित नवलपरासी पूर्वबाट ९ जुवाडे पक्राउ
Nepal Mediciti Hospital Ad

ब्याइफ्रेण्डलाई ‘इम्प्रेस’ गरिरहन केटीहरुले पढ्नै पर्ने टिप्स

तपाईको खबर संवाददाता प्रकाशित : कात्तिक २७, २०७५ जीवन शैली-यौन जिज्ञासा, मनोरञ्जन

अहिलेको यूगमा साँचो प्रेम प्राप्त गर्नु हरकोहीका लागि चुनौतीको विषय मानिन्छ । किनकी यहाँ धेरै मानिसहरु ‘नक्कली प्रेम’को जाल विछ्याएर बसेका हुन्छन् । नेपालको सन्दर्भमा युवतीहरुले अलि बढी सचेत हुन आवश्यक छ । यहाँ हुने धेरै प्रेममा धोका चाहिँ केटाहरुमार्फत नै हुने गरेको बताइन्छ । तर यहाँ दुवै पक्षबाट हेर्नुपर्छ । किन केटाहरुले त्यसो गर्छन् ?केटीहरुले पनि सोच्नुपर्छ । रिलेशनमा हुँदाको बखत घट्ने स–साना घट्नाले सम्बन्धनमा ठूलो दरार ल्याउन सक्छ । केटीहरु सम्बन्धमा निकै गम्भीर हुने गर्छन् तर कैले काहिँ सानो किचकिच वा ढिटले सम्बन्ध सँधैका लागि समाप्त हुन सक्छ । त्यसैले केटीहरुले पढ्नै पर्ने केही टिप्स हेरौँ :

यदी आफ्नो प्रेमिलाई खुसी राख्ने हो भने यी कुरामा ध्यान दिनुहोस् ।
१. उसको अगाडि सँधै हसिलो भएर प्रस्तुत हुनुहोस्।
२. तपाईलाई हुने कुनै पनि पीडा शेयर गर्नुस् । भनिन्छ, दुख बाँडे आधा हुन्छ ।
३. स–साना कुरालाई ठूलो बनाएर इरिटेड नगर्नूस् ।
४. वास्ता गरिरहेजस्तो अनुभूति दिलाउनुस् । फोन, मेसेज गरेर)
५. अर्को केटासँगको रोमान्टिक कुरा नभन्नूस् । (जस्तो ऊसँग म यहाँ गएँ, उहाँ गएँ, च्याट गरेँ, घुम्न गएँ, साथी हो, भए लुकाएर राख्नूस्)
६. माया देखाउने प्रयास नगर्नुस्, माया बुझाउने प्रयास गर्नुस् ( उसले महसुस गरोस् कि तपाईले माया गर्नुहुन्छ )
७. प्राथमिकतामा राख्नूस् (उसलाई यो महसुस हुनुपर्यो कि म तपाईको फस्ट प्राइओरिटीमा छु)
८. नाई, हुन्न, जाँदिन, खाँदिनजस्तो शब्द डाइरेक्ट प्रयोग नगर्नू । (कुनै विषयमा असहमति भए नम्र र शिष्ट भएर कारणसहित अस्वीकार गर्नु)
९. घुसघुस नगर्नु (याद गर्नुस् तपाईको प्रेमि रिसाउने र टाढा हुने भनेकै तपाईले कुनै कुरा लुकाउनु वा शेयर नगर्नू हो, त्यसैले खुसी पनि साट्न र दुख पनि साट्नु, चित्त नबुझेको कुरा प्रत्यक्ष मलाई यो कुरामा चित्त बुझेन भन्नूस् )
१०. मन नपर्ने कुरा नगर्नुस् (तपाईको प्रेमिलाई कस्तो कुरा, शब्द प्रयोग गर्दा चित्त बुझ्दैन त्यो नोटिस गर्नुस्, सकेसम्म ती कुरा नगरिदिनुस् )
११. सँँधै खुसी राख्नुसु, (तपाईलाई साँच्चै माया गर्ने केटाले तपाईका लागि जे सुकै गर्न सक्छ, यो कुरा तपाईले महसुस गरिसकेपछि उसलाई सँधै खुसी राख्ने प्रयास गर्नुस् )
यी कुरामा ध्यान पुर्याउनुभयो भने तपाईको बिएफले तपाईलाई जीवनभर माया गरिरहन्छ । र छाडेर जाने छैन ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित