मुलुकलाई रामेछापले दिएको योगदान कसैले भुल्न सक्दैन : प्रचण्ड | शेयर बजारमा आज सामान्य अङ्कले वृद्धि | वर्तमान सरकार पूरै सहकारीमैत्री छ : प्रधानमन्त्री | करको भार कम गर्न केही प्रणाली सच्याउन आवश्यक छ : मन्त्री आङ्बो | देवानी र अपराध संहिता सम्बन्धमा भ्रमपूर्ण प्रचार नगर्न प्रधानमन्त्री ओलीको आग्रह | राष्ट्रियसभा बैठकमा ‘अपराध पीडित संरक्षण विधेयक’ पेश | राष्ट्रियसभा बैठक : बाढीपहिरो पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग | ओली र प्रचण्डले एकसय बढीलाई पार्टी प्रवेश गराए (फोटो फिचर) | ग्लोबल लघुबित्त र एनएमबी बैंकले १५ प्रतिशत बोनस सेयर दिने | मोटरसाईकल र स्कुटी सर्वाधिक जोखिममा, १ वर्षमा १९४ को मृत्यु

पारिवारिक तथा व्यक्तिगत कुरा मिडियामा प्रचार नगर्न गायिका मिलन अमात्यको अपिल !

तपाईको खबर संवाददाता प्रकाशित : फागुन ७, २०७४ फिल्म-संगीत, मनोरञ्जन, साताका कलाकार

राम्रो भन्दा नराम्रो कुराको बढी चर्चा गर्ने नेपाली मिडियालाई चर्चित गायिका मिलन अमात्यले आफ्नो फेसबुक स्टाटस मार्फत सबैलाई अनावश्यक मेरो पारिवारिक र व्यक्तिगत कुराहरुको बारेमा म मिडियामा प्रचार गर्न नचाहेकोले यसमा नलाग्न सबैलाई आग्रह गरेकी छिन् .

गायिका मिलनको फेसबुक स्टाटस
मेरो अनुरोध 🙏🙏
सम्पूर्ण शुभचिन्तक आफन्त मित्रहरु अनि संचारकर्मी मित्रहरु !
अहिले मेरो बारेमा बिभिन्न अनावश्यक बिषयहरु प्रकाशन हुँदै गरेको प्रती मेरो ध्यानाकर्षण भएको छ ।
म बिशुद्द नेपाली सँगीतको साधना र पूजा गर्ने तपाँईहरुको प्रिय गायिका हुन हरदम प्रयासरत सँगित साधक हुँ ।
अहिलेको मेरो पारिवारिक र ब्याग्तिगत कुराहरुको बारेमा म मिडियामा प्रचार गर्न चाहन्न । मेरो ब्यातिगत निजी कुराहरुको बारेमा मिडियामा कुरा गरेर हुने पनि केहि होईन ।
म पनि मान्छे नै हो, मेरो पनि आफ्नो निजी जिबन छ, परिवार छ अनि मेरो पनि मन छ र दु:ख पर्दा म पनि रुन्छु !
अहिले म आफ्नो निजी मामिलामा असहज अवस्थामा छु, मेरो बारे नकारात्मक कुराहरु लेखेर मलाई नराम्रो बनाउने कार्य नगर्न नगराउन मेरो हार्दिक अनुरोध !
अहिले सम्म आएका नकारात्मक कुराहरुका बारेमा कानुनी उपचारको लागी मेरो कानुनी सल्लाहकार टिमसँग सहकार्य हुँदै नै छ, यध्यपी म कसैलाई पनि नराम्रो होस भन्ने चाहाना राख्ने ब्यक्ती नभएको स्पष्ट पार्दै अहिले म आँफै असजिलो अवस्थामा रहेको बेला अझै चोट माथी चोट दिएर पिडित नबनाई दिन म सबै सँग बिन्ती गर्छु !🙏🙏
केहि समय मलाई कुनै पनि निजी बिषयमा केहि कुरा नगरिदिन र मलाई यो असजिलो समय देखी बाहिर ल्याउन/बाहिर आउन दिन सबैसँग हार्दिक बिनम्र अनुरोध गर्दछु ! 🙏
तपाँईहरुको गायिका
मिलन नेवार

प्रतिकृया दिनुहोस्

सम्बन्धित