आज : २०७५ मंसिर २९ गते

मन्दिरको प्रसाद खाँदा भारतमा ११ को मृत्यु, ९३ जना बिरामी | नेकपा सचिवालय बैठक : स्थायी समितिको कार्यसूची तय | कर्मचारी समायोजन अध्यादेश सच्याउनुपर्ने माग | चितवनमा छुट्टाछुट्टै दुर्घटनामा २ को मृत्यु, एकजना घाइते | नेकपाको स्थायी कमिटी बैठक धुम्बाराहीमा सुरु | एक सातामा ३ सय बढी ट्याक्सी चालक कारवाहीमा | संवैधानिक परिषद्द्वारा प्रधानन्यायाधीशको सुनुवाइका लागि पत्राचार | ‘गोरे’को समूहबाट हराएको ३३ किलो सुन भारतमा फेला परेको दाबी, समितिले थाल्यो अनुसन्धान | दोलखामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्युु | १ लाख ३३ हजार नगदसहित नवलपरासी पूर्वबाट ९ जुवाडे पक्राउ
Nepal Mediciti Hospital Ad

म प्रचारमा होइन, ‘रिजल्ट’ मा विश्वास गर्छु : कामिनी राजभण्डारी, प्रमुख, नेपाल टेलिकम

तपाईको खबर संवाददाता प्रकाशित : कात्तिक ४, २०७५ अन्तर्वार्ता

कामिनी राजभण्डारी मुलुककै ठूलो दूरसंचार सेवाप्रदायक नेपाल टेलिकमको प्रवन्ध निर्देशक हुन् । सन् १९८५ मा इन्जिनियरका रूपमा टेलिकममा प्रवेश गरेकी कामिनीले कुशलातापूर्वक टेलिकमको नेतृत्व गरिरहेकी छन् । टेलिकमले पनि इतिहासमा पहिलो पटक महिला प्रमुख पाएको छ । टेलिकमभित्र नेटवर्क प्लानिङ, जिएसएम प्लानिङ प्रोजेक्ट म्यानेजमेन्ट, अनुगमन र मूल्यांकन विशेषज्ञका रूपमा काम गरेको अनुभव कामिनीसँग छ । कामिनीले पञ्जाव इन्जिनियरिङ कलेज चण्डीगढबाट इलेक्ट्रोनिक्स एन्ड इलेक्ट्रिकल कम्युनिकेशनमा स्नातक गरेकी छन् । उनले एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी बैंककबाट म्यानेजमेन्ट अफ टेक्नोलोजीमा स्नातकोत्तर पनि गरेकी छन् । २२ सेप्टेम्बर २०१६ मा नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रवन्ध निर्देशक पदमा नियुक्त भएपछि कामिनीले टेलिकममा उल्लेख्य सुधार गरेकी छन् । यसैसन्दर्भमा अहिलेसम्म पाएको ठोस उपलब्धि र आगामी योजनाका विषयमा तपाईको खबर डटकमका सम्पादक नवराज कुँवरले उनै कामिनीसँग गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

तपाई यस कम्पनीको प्रमुख भएर आइसकेपछि के–के सुधार गर्नुभयो ?

कुनै पनि काम गर्नुपूर्व त्यसबारे विस्तृत अध्ययन, योजना र कार्यान्वयनको पाटोलाई गम्भीरतापूर्व केलाउनुपर्छ । म आउनुअघि पनि कम्पनी राम्रैसँग चलिरहेको थियो । म अर्को कम्पनीबाट यस कम्पनीको प्रमुख भएर आएको पनि होइन । म यही कम्पनीको दोश्रो तहको कर्मचारी अर्थात प्रमुख प्राविधिक अधिकृत थिएँ । त्यसैले यहाँको समस्या र गर्नुपर्ने कामबारे म पूर्ववत रुपमा जानकार नै थिएँ ।
त्यसैले मैले तीनै बाँकी रहेका कामलाई मुर्त रुप दिने काम गरेको छु । सबैभन्दा महत्वपूर्ण कुरा फोर्थ जेनेरशन (फोरजी) सेवालाई मुलुकको प्रमुख दुई शहर काठमाडौँ र पोखरामा विस्तार गरिएको छ । सरकारी स्वामित्वको कम्पनी भएकाले दुईटा शहरमा फोरजी विस्तार गर्ने कुरालाई सामान्य ठानिएको हुन सक्छ तर हाम्रो लागि यो निकै ठूलो उपलब्धि हो । साथै अब मुलुकभर फोरजी विस्तार गर्ने तयारीले पनि गति लिइसकेको छ ।

म आउनुअघि ‘स्ट्य्राटिजी पार्टनर’ अर्थात रणनीतिक साझेदार ल्याउने योजना थियो । अहिले टेन्डरमा गइसकेको छ । कन्ट्रयाक्ट हायर गरिसकेका छौं । काम पनि सुरु भइसकेको छ । म आएको एक हप्तामै हामीले एनटिएसँग मध्य पहाडी लोकमार्ग प्रदेश १, २ र ३ मा समेट्ने गरी अप्टिकल फाइभर बिस्तार गर्नेसम्बन्धी सम्झौता गर्यौँ । यसअघि रहनुभएका एमडीले एनटीएसँग मौखिक सम्झौता गर्नुभएको थियो । म आएलगत्तै औपचारिक सम्झौता भयो । त्यसको टेन्डरसम्बन्धी सबै काम अन्तिम चरणमा छ । अब त्यो काम पनि सुरु भइसकेको छ । जसबाट नेपाली जनताले डाटा सर्वसुलभ रुपमा पाउने छन् ।

यस्तै भूकम्प प्रभावित क्षेत्रहरू सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, नुवाकोट र रसुवाका ७ सय ४७ वटा गाविसहरूमा हामीले प्रदान गर्दै आएको प्रविधिमार्फत इन्टरनेट सेवा सुरु गर्ने काम पनि अघि बढिसकेको छ । केही समयअघि देखि २० वटा क्षेत्रमा डाटा सर्भिस सुरु गरिसकेका छौँ ।
यस्तै हामीले चिनियाँ टेलिकमसँग पनि महत्वपूर्ण सम्झौता गरेका छौँ । अहिलेसम्म हामी ‘वान वे ट्राफिक सर्भिस’मा निर्भर छौँ । अर्थात भारतको भरमा छौँ । कुनै प्राविधिक कारणवस त्यहाँबाट आउने सुविधा रोकिन पुग्यो भने सम्पूर्ण सेवा नै प्रभावित हुने समस्या छ । यसरी चीनसँग अप्टिकल फाइबरमार्फत जोडिएपछि हामीले भारतसँग मात्र निर्भर हनुपर्ने छैन । अहिले भारत तथा नेपालको नेटवर्क ट्राफिक हङकङ तथा चीन पुग्नका लागि समुद्री सतह हुँदै चेन्नइ, मुम्बइ, सिंगापुरबाट हङकङ, चीन जोडिनु पर्ने अवस्था थियो अब सिधै जोडिएको छ ।

धादिङको गल्छी, रसुवागढी हुँदै चीनसँग पनि अप्टिकल फाइबर बिच्छ्याइसकिएको छ । यसबाट नेपाल सिधै चीनसँग जोडिएकाले नेपालले धेरै फाइदा लिन सक्ने छ । चीन र भारतको आर्थिक गतिविधि तथा सूचनालाई नेपालले जोडेर काम गर्न सक्नेछ । यसबाट चीन र भारतसँगको दूरसञ्चार सेवाको ब्यापारमा पनि बृद्धि हुनेछ । यतिमात्र होइन, देशको बैंकिङ, वाणिज्य तथा सूचना प्रविधिको क्षेत्रलाई नै अप्टिकल फाइबर नेटवर्क विस्तारले झन् उत्साही बनाएको छ ।

यस्तै देशका सबै गाविसमा अप्टिकल फाइबर पुर्याउने योजना अनुसार धमाधम काम भइरहेको छ । यो योजना सम्पन्न भएपछि देशका सबै गाविसमा इन्टरनेट सुविधा पुग्ने छ । अप्टिकल फाइबर ओच्छ्याएपछि तीव्र गतिमा डाटा पठाउन सकिन्छ । यसरी अप्टिकल फाइबर ओच्छ्याइसकेपछि सबै सरकारी कार्यालय तथा नागरिकलाई इन्टरनेटको माध्यमबाट सेवा दिने सरकारी लक्ष्य छ । यसै अनरुप नेपाल टेलिकमले काठमाडौंबाट धादिङको गल्छी, रसुवागढी हुँदै चीनसँग पनि अप्टिकल फाइबर बिच्छ्याइसकेको छ । यसबाट नेपाल सिधै चीनसँग जोडिएको र नेपालले धेरै फाइदा लिन सक्नेछ ।

अहिलेसम्म एउटा टावरबाट अर्को टावर गर्दै माइक्रोवेभ लिंकबाट डाटा आदान–प्रदान भइरहेको र सबै ठाउँमा अप्टिकल फाइबर जोडिसकेपछि टावरलाई विस्थापित गरिनेछ । हामीले अहिलेसम्म पूर्व–पश्चिम राजमार्ग र काठमाडौं उपत्यका लगायतका ठाउँमा अप्टिकल फाइबर ओच्छ्याइसकेका छौँ । विकसित देशमा सबै कुराहरु अनलाइनबाट हुन्छ । सरकारी कार्यालयहरुमा अप्टिकल फाइबर जोडेर र सबै सरकारी कार्यालको काम इनटरनेटबाट गर्ने भएकाले छिटो छरितो हुन्छ ।

०६७/०६८ सालदेखि कर्मचारी हायर गर्न लिइएका अन्तरवार्ताको नतिजा रोकिएको थियो । करिब डेढ वर्षदेखि कुनै पनि विज्ञापन हुन सकेको थिएन । विज्ञापन निकाल्न नसक्दा दरबन्दी पूरा हुन सकेको थिएन । क्रमिक रुपमा ०६७ सालदेखिको नतिजा प्रकाशित गरेर पदपूर्ति पनि भइसकेको छ । आन्तरीक तथा खुला कर्मचारीको विभिन्न तहको विज्ञापन गरेर कर्मचारीको पदपूर्ति पनि गरिसकेका छौँ । कोही बढुवामा त कोही आन्तरिक प्रतिस्पर्धामा हुनुहुन्छ ।

यस्तै विगतमा कारणबर रोकिएको रिङ्ग ब्याक टोन सेवालाई पुनः संचालन गरिएको छ । यसैगरी कनभर्जिन (कन्भर्ट) रियल टाइम बिलिङ्ग सिस्टम लागू गर्ने तयारी अघि बढिसकेको छ । अब हाम्रा ग्राहकलाई एकद्वार प्रणालीबाट सबै सेवा दिने गरी काम सुरु गरिसकेका छौँ । यो सेवा पोष्टपेड ग्राहकहरुका लागि लागू भइसकेको छ ।

तपाइले नियुक्त हुनेबित्तिकै कम्पनीमा नयाँ प्रविधि भित्र्याउने घोषणा गर्नुभएको थियो । के-के भित्र्याउनुभयो ?

फोरजी अहिले सेवाग्राहीसमक्ष पुगिसकेको छ । तारसहितको ल्याण्डल्याइनहरु विस्थापित गर्दैछौँ । अब ‘फाइबर टू बिल्डिङ’ सेवा सुरु हुँदैछ । यसको अर्थ पूराना प्रविधिमा आधारित ल्याण्डलाइनहरु विस्थापित गरी हामी प्रभावकारी सेवा विस्तार गर्न नयाँ प्रविधिमार्फत ग्राहकसामु जाँदैछौं । केही महिनाभित्र नै १ लाख ३४ हजार ग्राहकहरुको पूरानो प्रविधिमार्फतको सेवा विस्थापित हुँदैछ भने कतिपय नयाँ प्रविधिमा विस्थापित गरिसकेका छौँ ।

तारसहितको (ल्याण्डलाइन) फोनमा अरु के कस्तो सेवा दिइन्छ ?

धेरै ल्याण्डलाइन फोनहरु अहिले पुरानो प्रविधिमा आधारित छन् । क्रमिक रुपमा पुरानोलाई नयाँ प्रविधिले विस्थापित गर्ने क्रम सुरु भइसकेको छ । हाम्रा साढे ६ लाख २१ हजार ग्राहक छन् । दुई लाखभन्दा बढी ग्राहकको त नयाँ प्रविधिमा परिमार्जन भइसकेको छ । बाँकी ग्राहकको सेवालाई पनि सुधार गरेर जाने छौँ । हाम्रो आयोजना पनि चलिरहेको छ । जतिसक्दो ग्राहकको घरसम्म साना–साना एक्सचेञ्च राख्छौँ । पहिला लामो दूरीमा एक्सचेञ्ज हुन्थ्यो । जसका कारण समस्या थियो । मेरो लक्ष्य भनेको डाटा सर्भिस हो । ग्राहकलाई जति सक्यो त्यति राम्रो डाटा सर्भिस दिनुपर्छ । क्रमिक रुपमा मल्टिमिडिया सर्भिस दिने हो । तारसहितको टेलिफोनमा नयाँ प्रविधिमा भ्वाइस डाटा र मल्टिमिडिया सर्भिस दिने लक्ष्य लिएका छौँ ।

ल्याण्डलाइन फोनबाट टेलिभिजन हेर्न पाइने कुरा थियो नि ?

हो, फाइभर टू होमबाट घरसम्म फाइभर जान्छ । कपर तारले गर्दा डाटामा गुनासो आइरहेको छ । यसलाई क्रमिक रुपमा निरुपण गरिनेछ । फाइभर टू बिलिङ पनि लगिरहेका छौं । अपार्टमेन्ट, अस्पताल आदि ठाउँमा यो सुविधा लगिसकेका छौं । डिस्टेन्स कम हुँदा गुणस्तरमा सुधार आउँछ । र उपभोक्तालाई सजिलो हुन्छ । हाम्रा ग्राहकहरूले छिटोभन्दा छिटो ल्याण्डलाइन टेलिफोनबाट मल्टिमिडिया सेवा पाउनु हुनेछ । यसबाट टेलिभिजन पनि हेर्न सक्नु हुनेछ । यसमा हामी धेरै अघि बढिसकेका छौँ ।

टेलिकमसँग अहिले कति ग्राहक छन् ?

असार मसान्तसम्ममा टेलिकमका ग्राहक संख्या १ करोड ७६ लाख २ हजार २ सय पुगेका छन् । निरन्तर रुपमा ग्राहक बढ्ने क्रम जारी छ । त्यसैले हाम्रा सेवालाई अझै प्रभावकारी बनाउने कसरतमा छौँ ।

फोरजीको सेवाबारे ग्राहकको रेस्पोन्स कस्तो छ ?

राम्रो छ । फोरजीमा खासै गुनासो आएको छैन । जुनदिन हामीले फोरजी सेवा सञ्चालन ग-यौं । हामीलाई ग्राहकको राम्रो रेस्पोन्स आयो । एकै दिनमा २० देखि ३० हजार ग्राहकले फोरजी सेवा लिनुभयो । त्यति राम्रो रेस्पोन्स आएको थियो ।

टेलिकमलाई सब्सीडायरी कम्पनीको आवश्यकता छ भन्नुहुन्थ्यो, यो किन आवश्यक छ ?

नेपाल टेलिकम भनेको सरकारी स्वामित्वमा रहेको सबैभन्दा बढी नाफा कमाउने र कर तिर्ने कम्पनी हो । लोनबाट चलेको नेपाल विद्युत प्राधिकरणको पनि सब्सीडायरी कम्पनी छ । बजारमा नयाँ–नयाँ प्रविधिहरु आईरहेको छ र प्रतिस्पर्धा पनि उच्च भईरहेको छ । यसकालागी हामीले हरेक कुरा समयमा गर्नका लागी हामी आफैले मात्र नभई केही काम त्यस्ता कम्पनीले गर्दा राम्रो हुने महशुस गरेर यसो भनिएको हो ।
टेलिकमजस्तै तर निजी क्षेत्रको अर्को कम्पनी पनि बजारमा राम्रै पकड जमाएर क्रियाशिल छ, उसँग टेलिकमको प्रतिष्पर्धा कस्तो छ ,
नेपाल टेलिकम सरकारको ९१.४९ प्रतिशत शेयर भएको कम्पनी हो । यसका आफ्नै छुट्टै नीति नियम छन् । यसैलाई हामीले अनुशरण गरेर लैजानुपर्छ । कुनै पनि निर्णय गर्दा ऐन नियममा आधारित रहेर नै गर्नुपर्छ । विभिन्न ऐन जस्तै सार्वजनिक खरिद ऐन कै कुरा गरौँ, कतिपय समयमा तुरुन्तै निर्णय गर्न बाधक भइदिन्छ । प्रतिष्पर्धात्मक रुपमा काम गर्न त्यसो हुँदा गाह्रो हुन्छ । तर हामी निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न आएकै होइन । सेवा गर्न स्थापित कम्पनी हो यो, जुन काम हामीले गरिरहेकै छौं ।

निजी क्षेत्रको एनसेलले ग्राहकका लागि नयाँ–नयाँ योजना ल्याइरहन्छ, उसको तुलनामा टेलिकम अलि पछि देखिन्छ नि ?

होइन, हामी सरकारी स्वामित्वको कम्पनी हौँ । हामी सरकारको नीति, नियम र प्रक्रियाअनुसार संचालित छौँ । हामीले कुनै पनि योजना लागू गर्नुअघि प्रक्रियागत चरणहरु पार गर्नुपर्छ । त्यसैले केही ढिला हुनु अस्भाविक होइन । तर जब हामीले ल्याउने योजना पास हुन्छन् ग्राहकका लागि ती योजना साँच्चै नै लाभदायक र प्रभावकारी हुन्छन् ।

सरकारी स्वामित्वको संस्थाको प्रमुख भएर काम गर्दा राजनीतिक दबाव कतिको आउँछ ?

सररकारी संघसंस्थामा राजनीतिक दबाव आउन स्वभाविक नै हो । तर मलाई चाहिँ अप्ठेरो नै पर्ने गरी वा भनौँ संस्थाको नियमित कामकारबाही र योजनाहरुलाई असर पुग्ने गरी त्यस्तो दबाव महशुस भएको छैन ।

भनेपछि तपाईलाई सबैको साथ छ ?

काम गर्ने क्रममा चुनौतिहरु आउँछन् । कतिपयले खुट्टा तान्न खोज्छन भने कतिपयले साथ सहयोग दिन्छन् । मसँग पनि केही चुनौति अवश्य छन् र ती सबै चुनौतिलाई मैले अवसरका रुपमा लिएको छु । किनभने जीवनमा प्रशंसा गर्नेको भन्दा केही बढी महत्व आलोचना गर्ने कै हुन्छ । म यो संस्थामा नराम्रो गर्न आएकी हैन । मलाई पनि मेरो करियरको चिन्ता छ । म यहाँ रहून्जेल यो संस्था, यहाँका कर्मचारको हीत हुने काम गरि नै रहन्छु ।

तपाईका आगामी योजनाहरु के–के छन् त ?

मुलुकभर नै फोरजी सेवा विस्तार गर्ने तयारी छ । नेपाल टेलिकम र आरटिटिए फन्डबाट मध्य पहाडी लोकमार्ग प्रदेश १, २ र ३ मा समेट्ने गरी अप्टिकल फाइभर बिस्तार गर्ने योजना छ । सेवा सर्वसुलभ रुपमा विस्तार गर्ने छौँ । बाँकी रहेका पेन्डिङ्ग कामहरुलाई मुर्त रुप दिनेछौँ ।

टेलिकमले ग्राहकका लागि त्यस्तो कुनै स्कीम ल्याउँदैछ ?

चाँडै नै क्रेडिट लिमिटअन्तर्गत हामीले ‘लोन’को व्यवस्था मिलाउँदैछौँ । कुरा गर्दा गर्दै पैसा सकिएको अवस्थामा हामी लोन दिने व्यवस्था मिलाउँदैछौँ । यो योजना चाँडै आउनेछ । कतिसम्म लोन दिने भन्ने विषय छलफलका क्रममा छ, तर योजना भने चाँडै आउँदैछ । साथै अन्य सेवा सुविधा पनि हामी ग्राहकमाझ ल्याउने नै छौँ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित