मन्दिरको प्रसाद खाँदा भारतमा ११ को मृत्यु, ९३ जना बिरामी | नेकपा सचिवालय बैठक : स्थायी समितिको कार्यसूची तय | कर्मचारी समायोजन अध्यादेश सच्याउनुपर्ने माग | चितवनमा छुट्टाछुट्टै दुर्घटनामा २ को मृत्यु, एकजना घाइते | नेकपाको स्थायी कमिटी बैठक धुम्बाराहीमा सुरु | एक सातामा ३ सय बढी ट्याक्सी चालक कारवाहीमा | संवैधानिक परिषद्द्वारा प्रधानन्यायाधीशको सुनुवाइका लागि पत्राचार | ‘गोरे’को समूहबाट हराएको ३३ किलो सुन भारतमा फेला परेको दाबी, समितिले थाल्यो अनुसन्धान | दोलखामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्युु | १ लाख ३३ हजार नगदसहित नवलपरासी पूर्वबाट ९ जुवाडे पक्राउ
Nepal Mediciti Hospital Ad

को हुन् काठमाडौँका सडकलाई झिलिमिली पार्ने रोशन श्रीवास्तव ? (अन्तर्वार्तासहित)

तपाईको खबर संवाददाता प्रकाशित : कात्तिक ११, २०७५ अन्तर्वार्ता, समाचार

देशको राजधानी काठमाडौँका सडक केही महिनाअघिसम्म अँध्यारो थिए । तर आजकाल सवारी साधनको बत्ती नबाली पनि रातको समय काठमाडौँका सडकमा यात्रा गर्न सकिन्छ । यो काम गरेका हुन् २९ वर्षीय युवा रोशन श्रीवास्तवले ।

सुन्दा पत्याउन गाह्रो हुन्छ तर वास्तविकता यही हो कि यो काम २९ वर्षीय रोशन श्रीवास्तवकै आइडियाअनुसार भएको हो । बीके ट्रेडर्स एण्ड सप्लायर्सका निर्देशक रोशन श्रीवास्तव त्यति धेरै मिडियामा आएका छैनन् । तर यी युवा विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङसँग तुलना गर्न लायक युवा हुन् । रोशनकै सक्रियतामा अहिले काठमाडौँका अधिकांश क्षेत्र सौर्य बत्तीले भिलिमिली भएका हुन् । महानगरभित्रका मुख्य–मुख्य सडकलाई उज्यालो र भिलिमिली बनाउने लक्ष्यका साथै रोशनले ‘लाइन सिटी’ अभियान नै चलाएका छन्, जो कि राज्यले नै चलाउनुपर्ने हो ।

‘नेपालमा केही छैन’ भनेर दैनिक २ हजारको हाराहारीमा युवा शक्ति विदेश पलायन भइरहेका बेला रोशन त्यस्ता उदाहरणीय युवा हुन् जसले यही मुलुकमा सम्भावनाको खोजी गरे । नविन सोच र विचारलाई नै समृद्धिको मुल आधार मान्ने रोशनले आफ्नै देशलाई फाइदा पुग्ने ‘आइडिया’ निकाले र त्यसैमा सक्रिय रहे । परिणामस्वरुप आज महानगरभित्रका अँध्यारा सडकले ज्योती पाएका छन् । यात्रीलाई पनि निकै राहत मिलेको छ । सडक दुर्घटनामा कमी आएको छ भने विदेशी पाहुनाको अगाडि ‘लाज पचाउनुपर्ने’ अवस्था छैन ।

बिना फाइदा उनले यसो गरे होला त ? भन्ने प्रश्न पनि आउन सक्छ । विलकुल उनलाई पनि फाइदा छ, तर त्योभन्दा कैयौँ गुणा फाइदा राज्यलाई छ । ठूला जलविद्युत आयोजनामा भइरहेको ढिलाइले अझै पर्याप्त विद्युत आपूर्तिको सम्भावना नदेखिएकाले रोशनको आइडियामार्फत मुलुकले निकै फाइदा लिन सक्ने विज्ञहरुको भनाइ छ ।

यसैबीच काठमाडौँ उपत्यकालाई आंशिक रुपमा भिलिमिली बनाएका रोशनले महानगरका साथै पूरा देशलाई नै भिलिमिली बनाउन केकस्ता योजना बनाएका छन् भन्ने विषयमा पत्रकार नवराज कुँवरले गरेको कुराकानीको सम्पादित अंश ।

तपाइहरुले संचालन गर्नुभएको लाइट सिटी अभियान के हो ?
लाइट सिटी अभियान भनेको शहरलाई अँध्यारोमुक्त बनाउने अभियान हो । चरम लोडसेडिङको मारमा परेका हामी नेपाली घरमा त अँध्यारोमा बस्छौँ नै तर सडकमा समेत जोखिम मोलेर हिँड्नुपर्ने अवस्था छ । विदेशी पाहुना नेपाल आउँदा के सोच्छन् ? ८४ हजार मेगावाट विद्युत क्षमता भएको देशका सडक निमिट्यान्न अँध्यारो । यसले हाम्रो इज्जत राख्छ ? हो, मुलुकको इज्जत जोगाउने अभियान पनि हो लाइट सिटी अभियान । नामलाई मात्रै अथ्र्याउनुभयो भने यो सिर्फ शहरलाई उज्यालो बनाउने अभियान हो । तर त्यो अभियानको मर्म खोज्नुभयो, यो मुलुकको ‘प्रेष्टिज’ जोगाउने अभियान हो, दुर्घटना कम गर्ने अभियान हो, समृद्धिको अभियान हो ।

लाइट सिटी अभियानमार्फत अहिलेसम्म के–के काम भए ?
उपत्यकाका सडकमा साढे ८ सयको हाराहारीमा सौर्य प्रणालीमार्फत सडक बत्ती बलिसकेको छ । हामीले जिम्मा लिएकोमध्ये अब करीब ४ सय पोलमा बत्ती बाल्न बाँकी छ । हामीले गर्व गर्न लायक कुरा के छ भने, पूरा गर्ने प्रतिबद्धता जनाएको समयअवधिभन्दा अगाडि नै ८० प्रतिशत काम सम्पन्न गरिसकेका छौँ । अब बाँकी काम हाम्रो ढिलाइले भएको होइन ।

यो काम काठमाडौँ महानगरपालिकाले नै गर्नुपर्ने काम हो तर तपाइले उसैलाइ सहयोग पुग्ने गरी कार्य अगाडि बढाइदिनुभएको छ, महानगरपालिकाले मज्जाले सहयोग गरेको होला नि ?
मलाइ लाग्छ, मुलुक समृद्ध हुन हरेक मुलुकबासी बफादार हुनुपर्छ, कर्मठ हुनुपर्छ । राज्यले मात्रै गर्नुपर्छ भन्ने सोचियो भने हामी कहिले समृद्ध बन्न सक्दैनौँ । महानगरपालिकाले गर्ने काम त हो नि भनेर हामीले यो काम अघि नबढाएको भए अझै वर्षौसम्म काठमाडौँका सडक अँध्यारोमै गुज्रिन्थे ।अर्को कुरा महानरपालिकाले मज्जाले सहयोग नगरेको हामीले महशुस गरेका छौँ । किनभने अब बाँकी काम हाम्रो कारणले रोकिएको छैन । महानगरपालिकाकै कारण रोकिएको हो ।

कसरी महानगरपालिकाले असहयोग ग-यो त ?
मैले अघि नै पनि भनिसके अहिलेसम्म साढे आठ सयवटा सोलार प्यानल हामीले जडान गरिसकेका छौँ । बाँकी सोलार पनि जडानको क्रममा छ । हामीले पाएको समयभन्दा अगाडि नै काम सक्नेमा दुइमत नै थिएन । तर बिजुलीको हाइटेन्सन लाइन तथा कुनैकुनै ठाउँमा फुटपाथ नहुँदा सोलार राख्न समस्या भइरहेको छ । यसबारेमा महानगरपालिका बेखबर भएको भने होइन । तर पनि यो समस्या हल गर्न ऊ गम्भीर भएको हामीले पाएका छैनौँ ।

अब त महानगरपालिकामा जननिर्वा्चित प्रतिनिधि पनि आइसकेका छन् । जनताको काममा अझ सहयोग गर्नुपर्ने किन ढिलासुस्ती गरेको होला ?
जनप्रतिनिधि आएपनि पुरानो कार्यशैली परिवर्तन भएन भने यहाँ केही हुनेवाला छैन । देशको हरेक पक्षेमा राजनीति घुसेको छ । त्यो राजनीतिको प्रभावबाट कर्मचारीहरु पनि मुक्त छैनन् । अझ ट्रेड युनियन खोलेर कर्मचारीले त्यो राजनीतिमार्फत फाइदा लुटिरहेका छन् । हामीले अघि बढाइरहेको काममा पनि राजनीति घुस्यो । कर्मचारीले फाइल अड्काएर किन राख्छन् यो कुरा मैले भनिराख्न पर्छ जस्तो मलाइ लाग्दैन ।
राज्यले नै कुनै काम अघि बढायो भने त्यसमा कर्मचारीको प्रत्यक्ष संलग्नता रहन्छ, उनीहरुले पकेट भर्ने मौका पाउँछन् । तर त्यही काम निजी क्षेत्रले पायो भने कर्मचारीलाई यो कुरा सह्य हुँदैन । अनेक बखेडाबाजी गरेर फाइला अल्झाउने काम हुन्छ । बाँकी तपाइ आफैँ बुझ्नुस् ।

तपाइहरुले कहिलेदेखि यो कामको जिम्मा लिनुभयो र अहिले चाहिँ कसरी काम अघि बढीरहेको छ ?

हाम्रो कम्पनी बीके ट्रेडर्स एण्ड सप्लायर्सले सार्वजनिक निजी साझेदारी अन्तर्गत २०७३ कात्तिकदेखि यो कार्यको जिम्मा लिएको हो । काठमाडौं महानगरपालिकाको सडकमा बालिने सडक बत्तीमा महानगरपालिकाले एक रुपैयाँ पनि हुँदैन । नेपाल सरकार वा विदेशी दाताले अनुदान दिएका पनि छैनन् ।
काठमाडौ उपत्यकाको थापाथली, माइतीघर, कोटेश्वर, चाबहिल, टेकु, कालीमाटी, त्रिपुरेश्वर लगायतका महानगरभित्रको प्रमुख सडकहरुमा यस्तो बत्ती राखिने छ । यी सडकमा १ हजार २ सय ८५ वटा पोलमा सोलार बत्ती राख्ने लक्ष्य हो । त्यसको ८० प्रतिशत काम भइसकेको छ ।
काम अघि बढिरहँदा दैनिक रातको समयमा २० देखि ३० वटा सौर्य प्रणाली जडान भइरहेका थिए । करोडौँको लगानीमा यो प्रणाली जडानको काम भइरहेकाले यसको काममा ढिलासुस्ती गर्नु राज्यलाई नोक्सान हुने कुरा हो । महानगरपालिकाले ढिलाइ नगर्ने हो भने अझै हामीले पाएको समयभन्दा चाँडो हामी यो काम पूरा गर्छौँ ।

तपाईहरुले बनाएका यी पोल र सोलारको गुणस्तर कस्तो हुन्छ ?
दीर्घकालीन हुन्छन्, यसमा कुनै शंकै छैन । हामीले भनेकौ छौँ अढाइ दशकसम्म सोलार विग्रिए हामी मर्मत गरिदिन्छौँ । किनभने पाउडर पुटेड पोल राखिएको छ, जहाँ आगो लागेपनि नोक्सान हुँदैन । लिथियम भ्याट्री प्रयोग भएको छ । हप्तौँसम्म झरी परेपनि यसलाई असर पु-याउँदैन ।

विचमा पोल विग्रियो भने नि ?
१० वर्षसम्म विज्ञापनबाट पैसा हामीले लिने भएकाले हामी नै मर्मत गरिदिन्छौँ । तर विद्युत प्राधिकरणको पोलमा विज्ञापन राख्ने र हामीलाई दुःख दिने प्रयास भइरहेको छ । सहमति तोड्न चाहिँ पाइँदैन ।

तपाइले यत्रो ‘रिस्क’ मोलेर लगानी गर्नुभएको छ, स्रोत कसरी जुटाउनुभयो ?
यो प्रोजेक्टमा मैले ५० करोड रुपैयाँ भन्दा बढी रकम लगानी गरेको छु । बैंकमार्फत नै स्रोत जुटाइएको हो ।

लाइन सिटी अभियानलाई मुलुकभर विस्तार गर्ने योजना छैन ?
त्यो योजना पनि छ, तर पहिला राजधानीको कामलाई पूर्णता दिनुपर्छ । यसपछि क्रमशः यो अभियानाई विस्तार गर्नेछु ।

मुलुकबाट दिनकै २ हजार को हाराहारीमा युवा शक्ति विदेश पलायन भइरहेको छ, के भन्नुहुन्छ, युवाहरुलाई ?
कुनै पनि काममा जोखिम भएन भने उपलब्धिको अपेक्षा गर्न सकिँदैन । भनिन्छ नि ‘नो रिस्क नो गेन’ । त्यसैले राम्रो काममा रिस्क मोल्नुस्, उपलब्धि यहीबाट निस्कन्छ । हाम्रो देश सम्भावनै सम्भावनाले भरिपूर्ण छ । यहाँ तपाइ ध्यान दिएर हेर्नुस, ध्यान दिएर लाग्नुस् तपाइ पनि बनिनुहुन्छ, मुलुक पनि बन्छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित